प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक
फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक ३ गते १२:४१
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ क्रसकन्ट्री प्रतिस्पर्धामा दुर्घटनामा परेर मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण प्रदान गरिएको छ ।
थापाको गत असोज ३० गते प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा परेर मृत्यु भएको थियो । गोरखाका थापा नेपाल आर्मीबाट प्रतिस्पर्धामा सहभागी भएका थिए ।
बिहीबार पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरेका हुन् ।
यस्तै, थापाको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिक निर्माण हुने भएको छ ।