शनिबार, माघ २१, २०७९

हँसिया हतौडा, कलम र रूख एकै हो : शेरबहादुर देउवा

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १ गते १८:५१

ललितपुरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली प्रधानमन्त्रि तथा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अविश्वास नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको मत ट्रान्सफर नहुने चिन्ता व्यक्त गरेपछि देउवाको कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

देउवाले भने,’संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हतौडा र कलममा मत हाल्नुस्, कांग्रेसका साथीहरुले अविश्वास गर्ने कामनै छैन। आजको दिनमा हँसिया हतौडा, कलम र रूख एकै हो।’

तपाइँको प्रतिक्रिया