बिहीबार, माघ २६, २०७९

देउवालाई लाईभ डिबेट गर्न ओलीको आवहान

फ्ल्यासन्युज नेपाल२०७९ कार्तिक १ गते १६:३५

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष बहसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आज मङ्गलबार फेसबुकमा लेख्दै एमाले अध्यक्ष ओलीले एजेन्डामा आधारित रहेर आफू बहस गर्न तयार रहेको बताउँदै यस्तो प्रश्न सोधेका हुन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ,’ ओलीले लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

तपाइँको प्रतिक्रिया