बिहीबार, माघ २६, २०७९

सागर ढकाललाई रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

फ्ल्यासन्युज नेपाल२०७९ असोज २९ गते १६:२९

आगामी निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न लागेका सागर ढकाललाई रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै ढकाललाई समर्थन गर्ने बताएको हो।

पार्टीको आधिकारिक फेसबुक पेजमार्फत सो पार्टीले भनेको छन्, ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुइ) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ।’

साथै चितवन, काठमाण्डौँ ४ लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको समाचारहरुमा सत्यता नरहेको बताएको छ।

तपाइँको प्रतिक्रिया