टिकट नपाए पनि भीम रावलले एमाले नछाड्ने
फ्ल्यासन्युज नेपाल२०७९ असोज २७ गते १५:३२
अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि नेकपा एमालेका नेता भीम रावलले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेका छन्। उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन्।
चुनावमा टिकट पाउन नसके पनि नेता रावलले पार्टी नछोड्ने बताएका छन्। उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरेका छन् ।
उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।