बिहीबार, माघ २६, २०७९

भीम रावलको पत्रकार सम्मेलन आज १ बजे

फ्ल्यासन्युज नेपाल२०७९ असोज २७ गते ११:४४

नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । रावलले आज दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

उनले बुधबार एक सुचना जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनमा अछाम जिल्लाकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो नाम एकमात्र उम्मेदवारको रुपमा सिफारिस भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सिफारिसमा नभएको व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा उठेका जिज्ञासा सम्बोधन गर्न पत्रकार सम्मेलन गर्न लागेको उनले बताए

‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु’ रावलको भनाइ छ ।

तपाइँको प्रतिक्रिया