मंगलबार, माघ २४, २०७९

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

फ्ल्यासन्युज नेपाल२०७९ असोज २६ गते १२:२९

मनाङको प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवारी दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन् ।

मनाङे निर्विरोध भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।

गण्डकी प्रदेश सभा सदस्यको लागि मनाङ प्रदेशसभा २ मा २ जनाको मात्र उम्मेदवारी परेको थियो ।

तपाइँको प्रतिक्रिया