बिहीबार, जेठ १८, २०८०

जापनिज येन २४ वर्षयताकै सस्तो

फ्ल्यासन्युज नेपाल२०७९ असोज २४ गते १२:०२

जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ।

बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो।

यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। एक रुपैयाँको विनिमय दर ९.०८ येन तोकिएको छ। त्यस्तै, एक डलरको लागि नेपालीले एक सय ३२ रुपैयाँ पाँच पैसा तिनुपर्ने भएको छ।

भारतीय मुद्रा कमजोर भएको कारण नेपाली मुद्रा पनि कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको छ।

आर्थिक मन्दि र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारु कमजोर बनेको हो। एक डलर बराबर ८२.४० भारुमा कारोबार भइरहेको छ। अमेरिकामा रोजगारी सृजना अपेक्षा गरिएभन्दा वृद्धि भएकोले पनि डलर बलियो बनिरहेको छ।

तपाइँको प्रतिक्रिया