मंगलबार, माघ २४, २०७९

मेरो जीत सुनिश्चित छः वरिष्ठ उपाध्यक्ष पोखरेल

फ्ल्यासन्युज नेपाल२०७९ असोज २३ गते १६:४३

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।

आसन्न निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै नेता पोखरेलले एमालेले जनताको मन जित्ने काम गरेको बताउँदै जीत सुनिश्चित रहेको बताए ।

सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै नेता पोखरेलले भनेः

निर्वाचनमा हाम्रो विजय प्राप्त हुन्छ भन्नेमा कुनै दुविधा छैन । त्यसको आधारमा भनेको हामीले अघि सारेका विचार, गरेका काम र योजना नै हुन् । हामीले जनताको मन जित्ने काम गरेका छौं ।

पोखरेलले निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे ।

पोखरल यसअघि २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रमा भारी मतले निर्वाचित भएका थिए । काँग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए ।

तपाइँको प्रतिक्रिया