करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुन्छः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लोपन महसुस हुन थालेको बताएका छन्।
मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तकुपल पलको मृत्युु को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले करोडौँ मानिसमा आफू अहिले एक्लो हुन थालेको भन्दै निरासा ब्यक्त गरेका हुन्।
उनले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताए।
उनले भने-‘हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ। हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन। मानव जातिको लागि गरेका थियौं। एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो। तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ।’