बुधबार, मंसिर १३, २०८०

जनकपुरमा एमालेको वृहत जनसभा

फ्ल्यासन्युज नेपाल२०७९ भदौ २७ गते २१:१०

नेकपा (एमाले)ले मधेस प्रदेशको राजधानी जनकपुरधाममा वृहत जनसभा आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा आउनेलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

आम निर्वाचन नजिकिँदै गर्दा देशैभर एमालेको क्रेज बढेको छ । यसै क्रममा तत्कालीन राजपाबाट सांसद निर्वाचित भएकासहित नेताहरु एमाले प्रवेश गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘एमाले कसैसँग गठबन्धन गर्दैन। एमाले श्रमिक, सुकुम्बासी, भूमिहीन, मधेसी, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी हो।’

आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन पनि दिए। उनले अबको निर्वाचन सामान्य नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भएको उल्लेख गरे। आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबीसमेत उनले गरे।

एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै उनले भने, ‘गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ। नेपालीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना केबल एमालेले मात्र पूरा गर्न सक्छ।’

नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई पनि ओलीले पार्टीमा स्वागत गरेका छन् । समारोहमा अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया