आइतबार, असोज १६, २०७९

श्रीलंकाविरुद्ध ६ गोल गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

फ्ल्यासन्युज नेपाल२०७९ भदौ २७ गते २०:५५

नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।

तपाइँको प्रतिक्रिया