सेनाले माग्यो चार हजार पदमा दरखास्त
फ्ल्यासन्युज नेपाल२०७९ भदौ २४ गते ८:३०
नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ ।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा आवेदन माग गरेको हो । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।