मंगलबार, माघ १७, २०७९

कांग्रेसले हैसियतभन्दा धेरै माग्यो, गठबन्धनमा सहमति नभए हामी एक्लै चुनाव जान्छौँ : माधव नेपाल

फ्ल्यासन्युज नेपाल२०७९ भदौ १९ गते ८:५७

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सिट बाँडफाँटमा गठबन्धनभित्र नेपाली कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसमा अहंकार देखिएकाले सिट बाँडफाँट टुंगो नलागेको आरोप लगाएका हुन्।

अध्यक्ष नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले आफ्नो हैसियत भुलेर तीन सीट दाबी गरेको छ। कांग्रेसलाई २३ को तीन गुणा अर्थात ६९ सीट भन्दा धेरै दिन सकिदैन। हामीले एउटा सिट थपेर ७० दिउँला भन्दैछौं । तर उनीहरु सय चाहियो भनेर बसेका छन्, त्यसैले मिलाउन गाह्रो छ ।’

उनले गठबन्धनमा सहमति भएन भने नेकपा एस एक्लै चुनाव लड्ने बताए।

तपाइँको प्रतिक्रिया