२४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७९ साउन २७ गते २२:१७
पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।