शनिबार, माघ २१, २०७९

मंसिर ४ गते संघ र प्रदेशको चुनाव, निर्वाचन आयोगको पत्रकार सम्मेलन ४:३० बजे

फ्ल्यासन्युज नेपाल२०७९ साउन १९ गते १६:०६

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।

यसअघि निर्वाचन आयोगले मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव सरकारलाई दिँदै आएको थियो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन आयोगले अहिले ४ः३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको हो ।

तपाइँको प्रतिक्रिया