एकै दिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७९ साउन ९ गते १९:४१
आज एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन्।