कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव
फ्ल्यासन्युज नेपाल२०७९ साउन ४ गते १५:०७
नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ ।
नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवै जनालाई आज सो जिम्मेवारी दिनुभएको हो ।
सचेतक रहनुभएको पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि कांग्रेसको सचेतक र प्रमुक सचेतक दुबै पद रिक्त थियो ।