शुक्रबार, माघ १३, २०७९

निर्वाचन सार्ने खतरा छ : अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७९ साउन ४ गते १५:०१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सार्ने खतरा रहेको बताएका छन्।

एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले भने‚ ‘सरकारले चुनाव सार्ने षड्‌यन्त्र गरे पनि हामी तलमाथि हुन दिँदैनौँ।’

उनले भने, ‘आफ्नो स्वार्थमा लाग्ने केही व्यक्तिले सोच्ने हो भने देश बर्बादीतर्फ जाँदै छ। भर्खरै स्थानीय तहको निर्वाचन भएको छ। मंसिरमा संघीय संसद्का लागि आमनिर्वाचन र प्रदेश निर्वाचन हुनुपर्छ। विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ।’

स्थानीय तहको निर्वाचन पनि फागुनमा हुनुपर्नेमा नभएको र एमालेकै दबाबमा वैशाखको अन्तिममा भएको बताए।

तपाइँको प्रतिक्रिया