शुक्रबार, माघ १३, २०७९

२७ किलो युरेनियम खोजीमा भारतीय सुरक्षाकर्मी नेपालमा

फ्ल्यासन्युज नेपाल२०७९ साउन ४ गते ९:५१

भारतीय सुरक्षाकर्मी युरेनियमको खोजी गर्न नेपाल आएको छ ।

एक सातादेखि नै भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली नेपालमा रहेको बताइएको छ ।

नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियम खोज्न भारतीय सुरक्षाकमी परिचालित भएको बताइन्छ ।

काठमाडौंमै युरेनियम रहेको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको थियो ।

सशस्त्रले अपरेशन चलाएको र नेपालका सुरक्षा निकायसँगको समन्वयमा भारतीय टोलीले पनि युरेनियमको खोजी गरिरहेको बताइएको छ । यद्यपि नेपाल प्रहरीले भने यसबारे जानकारी नभएको बताएको छ ।

तपाइँको प्रतिक्रिया