बिहीबार, माघ २६, २०७९

विलासी वस्तु आयातमा थप ४४ दिन प्रतिबन्ध

फ्ल्यासन्युज नेपाल२०७९ साउन १ गते १४:०३

सरकारले विलासी वस्तुको आयात गर्न थप ४४ दिन प्रतिबन्ध लम्ब्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम भदौ १४ गतेसम्मका लागि प्रतिबन्ध थप गरेको हो ।

मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

यससँगै कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन भदौ १४ गतेसम्म प्रतिबन्ध रहने भएको छ ।

मन्त्रालयको सुचनाअनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका वस्तुहरु विलासीमा गनिन्छन् ।

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो ।

तपाइँको प्रतिक्रिया