एकै दिन २०० बढीमा कोरोना पुष्टि
फ्ल्यासन्युज नेपाल२०७९ असार २९ गते १७:०४
छिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २०६ जना संक्रमित पुष्टि भएका हुन् ।
२ हजार ८२ जनाको पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी कुल २०६ जनामा संक्रमण पुष्टि भएका मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय कोरोना संक्रमितको संख्या १००५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।