भृकुटीमण्डपमा भीषण आगलागी
फ्ल्यासन्युज नेपाल२०७९ असार २९ गते १६:५७
भृकुटीमण्डपमा भीषण आगलागी भएको छ ।
भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
ह्वील चेयर गोदाममा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् ।
आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो निभाउन सुरक्षाकर्मी र दमकलका कर्मचारीहरुले प्रयास जारी राखेका छन् । आगलागीबाट के कति धनमाल नष्ट भयो भन्ने जानकारी आएको छैन ।