बाजुराको बुढिगंगामा एमालेको सानदार जीत
फ्ल्यासन्युज नेपाल२०७९ असार २६ गते २०:१८
बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ ।
आइतबार सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।
नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।
मेयरमा एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मतसहित विजयी हुँदा कांग्रेसका रङ्गबहादुर खातीलले ३ हजार ७७४ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का ४ हजार ७२७ मतसहित निर्वाचित हुँदा कांग्रेसकी रिता शाही ३ हजार ७५५ मत ल्याएका छन् ।
मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।