फेरि फुट्यो बाबुराम र उपेन्द्रको जसपा
फ्ल्यासन्युज नेपाल२०७९ असार १६ गते १७:३२
जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।
उनीहरुबीच सहज तवरले अलग हुने सहमति भएको बताइएको छ ।
भट्टराईसँगै जसपाका केही नेताहरु जानेछन् ।
अध्यक्ष यादवले भट्टराई पक्षलाई कारवाही गरेपछि विवाद चर्किएको थियो । यससँगै अब छुट्टिने सहमति भएको हो ।
जसपाबाट यसअघि महन्थ ठाकुर पनि अलग भएका थिए ।