मन्त्री विमला वलीद्वारा राजीनामा
फ्ल्यासन्युज नेपाल२०७९ असार १५ गते १३:११
लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।
पटक पटक विवादमा आइरहेकी मन्त्री वलीले वुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा दिएकी छन् ।
केही दिन अघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि उनको चौतर्फी आलोचना थियो ।
नेकपा (एमाले)ले तत्कालै मन्त्री वलीको राजीनामा माग गरेको थियो ।