शुक्रबार, माघ १३, २०७९

पूर्वआईजीपी खनाल पनि सक्रिय राजनीतिमा आउने

फ्ल्यासन्युज नेपाल२०७९ असार १४ गते २०:३९

पूर्व प्रहरी महानीरिक्ष सर्वेन्द्र खनाल जसले तीन दशक नेपाल प्रहरीमा रहि मुलुककको सेवा गरे । पूर्व माओवादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा भएको वार्तामा सुरक्षा प्रदान गर्ने कार्यको जिम्मेवारी लिए ।
तराईमा रहेका सशस्त्र समूहलाई वार्तामा ल्याउने कार्यमा पनि सुरक्षा प्रदान गर्ने कार्यको भूमिका प्रदान गरे । राजधानीमा मौलाउँदै गएको गुण्डागर्दीको अन्त्य र पेट्रोलियम पदार्थमा हुने मिसावट र चोरी नियन्त्रण गर्न सफल भए ।
देश विदेशमा नेपाल प्रहरीको शान र मान उच्च राख्न सफल प्रहरीका रुपमा पृथक परिचय बनाएका खनालले आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन् । एक अन्तर्वार्तामा खनालले निर्वाचन लड्ने बताएका हुन् ।
उनी स्वतन्त्र निर्वाचन लड्लान् वा राजनीतिक दलबाट आउलान् भन्ने विषय भने सबैको चासोको विषय रहेको छ ।
प्रहरीमा रहँदा अनुसन्धान तथा सामाजिक कार्यबाट लोकप्रीयता कमाएका खनालको राजीनितक यात्रा कस्तो बन्छ भन्ने आम चर्चाको विषय बनेको छ ।

तपाइँको प्रतिक्रिया