बिहीबार, माघ २६, २०७९

सरकारले एसपीपीमा आवद्ध नहुने निर्णय पत्र अमेरिकालाई पठायो

फ्ल्यासन्युज नेपाल२०७९ असार १४ गते ८:१४

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाएको जानकारी दिए ।

उनले भने, ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदन प्रदानको सन्दर्भमा स्टेट पाटनरसिप प्रोग्राम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो । त्यसपछि मन्त्रिपरिषदले नै स्टेट पार्टरनसिप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गर्‍यो । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत पठाएका छौं ।’

यसअघि २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया