मोडल हन्ट नेपालका २०२२ अडिसन सुरु
फ्ल्यासन्युज नेपाल२०७९ असार १४ गते ८:०७
‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । शनिबारबाट काठमाडौँदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो ।
अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगीताको यो सातौं संस्करण हो ।
प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागीता रहनेछ ।
अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।