उपत्यकाका यी ९ स्थानमा हैजा संक्रमण पुष्टि
फ्ल्यासन्युज नेपाल२०७९ असार १२ गते २०:३६
काठमाडौँ उपत्यकाका ९ स्थानमा हैजा संक्रमण पुष्टि भएको छ ।
नैकाप र पाटनमा थप एक–एक जनामा हैजा देखिएसँगै संक्रमितको संख्या पनि १० पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चर रिपोर्ट आउन बाँकी छ ।
नैकापका बिरामीमा भने कल्चर रिपोर्ट पनि पोजिटिभ आएको कार्यालयले जनाएको छ ।
यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विज्ञहरुले सतर्कता नअपनाए महामारीकै रुपमा हैजा संक्रमण फैलन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।