मंगलबार, माघ १७, २०७९

मन्त्रिमण्डल पुनर्गठन, यी बने नेकपा एसबाट नयाँ मन्त्रीहरु

फ्ल्यासन्युज नेपाल२०७९ असार १२ गते २०:३४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै नयाँ मन्त्रिपरिषदको सूची सार्वजनिक गरेको छ ।

नेकपा एसबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका हुन् ।

तपाइँको प्रतिक्रिया