शुक्रबार, माघ १३, २०७९

मंसिर १० गतेभित्र प्रदेश र संसदीय निर्वाचन सक्ने आयोगको तयारी

फ्ल्यासन्युज नेपाल२०७९ असार १० गते १५:२५

निर्वाचन आयोगले आगामी मंसिर १० गतेभित्र प्रदेश तथा संघीय संसदको निर्वाचन सक्ने तयारी भइरहेको जनाएको छ ।

शुक्रबार महिला तथा सामाजिक समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

थपलियाले सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह पनि गरे ।

त्यस्तै, उनले आयोगले निर्वाचन कम खर्चिलो बनाउनतिर पनि आयोग लागेको बताए ।

‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उनले भने, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उनले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया