आजदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै
आज बिहीबारदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।
पाँच वर्ष भन्दा माथिका र १२ वर्ष भन्दा मुनिका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ लगाइने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले हिजो पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।
बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।
कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने बताइएको छ ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।
असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।