३ बजे सत्ता गठबन्धनको बैठक बस्दै
फ्ल्यासन्युज नेपाल२०७९ असार ८ गते १२:०७
सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
बैठकमा मन्त्रीपरिषद हेरफेर हुनेबारे छलफल हुने बताइएको छ। संसदबाट आगामी वर्षको बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले भने गत जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो।
बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् ।