बिहीबार, माघ २६, २०७९

न्यायाधीश र व्यवसायीबीच घुस लेनदेनको अडियो सार्वजनिक, बोलाइयो न्यायपरिषद्को आकस्मिक बैठक

फ्ल्यासन्युज नेपाल२०७९ असार ८ गते ११:४९

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीश कार्कीले बुधबार अपराह्न १ः३० बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाउनुभएको हो।

सार्वजनिक भएको अडियोमा सिभिल सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाडेबापत २ करोड घुस दिनुपर्ने नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग आग्रह गरेका छन्।

अडियोमा न्यायाधीश कोइरालाले घुस लिने सम्बन्धमा डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भन्ने लगायतका कुरा गरिरहेका छन् । तर अधिवक्ता पोखरेलले भने ‘त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने’ आश्वासन दिएका छन् ।

मंगलबार साँझ सञ्चारमाध्ययममा आएको उक्त अडियो सार्वजनिक भए बोलाइएको न्यायपरिषद्को आकस्मिक बैठकको मुख्य एजेण्डा अडियो टेप प्रकरणको विषय रहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया