शनिबार, माघ २१, २०७९

रवी लामिछानेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

फ्ल्यासन्युज नेपाल२०७९ असार ७ गते १४:११

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । साथै उनले ‘घन्टी’ चुनाव चिन्हसमेत घोषणा गरेका छन्।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गर्दै देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया