बिहीबार, माघ २६, २०७९

सरकारले एसपीपी लाई अस्वीकार गर्दै पत्र लेख्ने

फ्ल्यासन्युज नेपाल२०७९ असार ६ गते २०:०१

सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्दै पत्र लेख्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो ।

एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो ।

असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया