मंगलबार, माघ २४, २०७९

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

फ्ल्यासन्युज नेपाल२०७९ असार ५ गते १२:३०

पाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढ्वा गरेको सरकारको निर्णयबिरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो ।

गत सोमवार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।

आज विश्वराज पोखरेल पक्षका कानून व्यवसायीले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दाबी पेस गर्नेछन् भने उनीहरुको वहसपछि सिंहका कानून व्यवसायीको वहस हुनेछ ।

त्यस्तै सरकारको निर्णयको बचाउका लागि सरकारी वकिलहरुले पनि वहस गर्नेछन् । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरित् बढुवा गरेको रिटमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया