शुक्रबार, माघ १३, २०७९

जुन पार्टीले जितेपनि आफैँले जिते जस्तो लाग्छ: प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७९ असार ३ गते १८:४६

चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले जिते पनि आफैंले जितेजस्तो लाग्ने बताएका छन्।

स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो दिमागमा नरहेको भन्दै प्रचण्डले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘
उनले अहिले देशमा सबैसँग मिलेर जाने प्रवृति र एक्लो वीर बन्ने प्रवृतिबीचको लडाईं चलिरहेको बताए ।

तपाइँको प्रतिक्रिया