प्रधानमन्त्री देउवा संसदमा जवाफ दिन छोडेर एनआरएनएको कार्यक्रममा
प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद बैठकमा जवाफ दिन कार्यसूची रहेको थियो ।
तर प्रधानमन्त्री देउवा भने प्रतिनिधिसभा बैठकमा उपस्थित नै भएनन् । उनले सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित गैरआवासीय नेपाली संघको कार्यक्रममा सहभागी भएका छन् ।
देउवाले सदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रमलाई छोडेर उनी एनआरएनएको कार्यक्रममा सरिक भएका हुन् ।
देउवा संसद बैठकमा सहभागी नभइ बिहीबार दिउँसो साढे २ बजे होटल रेडिसनमा गैर आवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका सचिवालयले जनाएको छ ।
संसदमा नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री किन अनुपस्थित हुनुभएको भनी प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति जनाएका छन् ।
उता प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् ।