आइतबार, असोज १६, २०७९

सिक्किम सरकारले ‘कबड्डी ४’ प्रदर्शनमा रोक

फ्ल्यासन्युज नेपाल२०७९ असार १ गते १३:२८

नेपाली चलचित्र ‘कबड्डी ४’लाई सिक्किममा तत्काल प्रदर्शन गर्न नदिने निर्णय राज्य सरकारले लिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै विवाद समाधान नभएसम्म चलचित्र प्रदर्शनमा रोक लगाइएको बताएका छन् ।

अलइण्डिया वुद्धिस्ट फोरमसहित बौद्ध धर्मगुरुले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा यो फिल्मको विवाद साम्य नभएसम्म सिक्किममा फिल्म प्रदर्शनमा रोक लगाउन माग गरेका थिए । यदि, फिल्म जर्बजस्ती रिलिज गरेको खण्डमा हल तोडफोड हुने समेत चेतावनी उनको थियो । सरकारले यही कुरालाई बढी ध्यानमा राखेर फिल्मको प्रदर्शनमा रोक लगाएको वुझ्न सकिन्छ ।

नायिका मिरुना मगरले जेठको १५ गते काठमाडौंको सिभिल मलमा एक जना दर्शकले आफूलाई ब्याड टच गरेको भन्दै उनीमाथि थप्पड हानेकी थिइन् । भिक्षु फुर्पा तामाङमाथि मिरुनाले थप्पड हानेर प्रहरीमा वुझाएपछि यो घटनाले ठूलो रुप लिएको थियो ।

फुर्पाले मंगलबार मिरुनासँग माफी मागेका थिए । तर, हिरासतबाट बाहिरिएपछि मिरुनाले रुदै करिअर वर्वाद हुने बताएपछि आफूले माफी मागेको फुर्पाले बताएका थिए । यसपछि, यो मुद्दा झनै चर्किएको छ । यो फिल्म शुक्रबारदेखि सिक्किममा प्रदर्शन गर्ने तयारी गरिएको थियो ।

तपाइँको प्रतिक्रिया