मंगलबार, माघ २४, २०७९

आज बाट साताको दुई दिन विदा खारेज, कार्यालय समय पुरानै कायम

फ्ल्यासन्युज नेपाल२०७९ असार १ गते १३:१२

सरकारले दिएको दुई दिन सार्वजनिक विदा खारेज भएपछि आजदेखि कार्यालय समय र बिदा पुरानै कायम भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै दुई दिन विदा खारेज भएको र कार्यालय समय र विदा पुरानै कायम भएको जनाएको हो ।

सरकारले जेठ १ गतेदेखि हप्तमा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिर्ने निर्णय कार्यान्वयन गरेको थियो । तर सरकारी निकायहरुले नै नमानेपछि सरकार आफ्नो निर्णयबाट एक महिना नभइ पछि हटेको हो ।

यससँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ ।

तपाइँको प्रतिक्रिया