बिहीबार, माघ २६, २०७९

राज्यमन्त्री विमला मुख्यमन्त्री निवासमा

फ्ल्यासन्युज नेपाल२०७९ असार १ गते १३:०९

प्रेमीको श्रीमती कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनीका मुख्यमन्त्रीले शरण दिएका छन् ।

मुख्यमन्त्री कुलबहादुर केसीको चर्को दवावमा मंगलबार राति नै बुटवल लगिएको उनलाई मुख्यमन्त्री केसीकै निवासमा राखिएको स्रोतले जनाएको छ ।

रातारात बुटवल पुर्याइएको उनलाई अस्वस्थ भएको भन्दै स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया