ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ३१ गते १७:२९
ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
प्रहरीले ति बालिकामाथि करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।
बालिकामाथि गत वैशाख २७ गते डर धम्की देखाउँदै ललाइृ फकाइ गरेर सोही नगरपालिका–११ मा सामूहिक करणी गरेका प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।