नारायणकाजी श्रेष्ठ र ओलीबीच २ घण्टा वान टु वान भेटवार्ता
फ्ल्यासन्युज नेपाल२०७९ जेठ ३० गते १६:४८
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
पार्टीका अधयक्ष अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिइ एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।
श्रेष्ठ अध्यक्ष ओलीलाई भेट्न अइतबार विहान उनको निवास बालकोट पुगेको खुलेको छ ।
उनले ओलीसँग एक्लाएक्लै करिब २ घण्टा भेटवार्ता गरेको बताइएको छ ।
स्थानीय निर्वाचनमा गठबन्धनका दलहरुबाट कांग्रेसले फाइदा लिए पनि अन्य दलहरुलाई नोक्सान भएको निष्कर्षसहित वाम एकताको चर्चा चलिरहेका बेला भएको उनीहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
आफूहरुबीच समसामयिक विषयमा छलफल भएको श्रेष्ठले जनाएका छन् ।
यो भेटलाई वाम एकताको आन्तरिक तयारीका रुपमा पनि लिइएको बताइएको छ। पछिल्लो समय श्रेष्ठ अध्यक्ष दाहालसँग पनि असन्तुष्ट रहेका छन् ।