बिहीबार, माघ २६, २०७९

ककनीस्थित त्रिशूली ‘थ्रि ए’ प्रसारण लाइनमा झुन्डिएका माइला विकको उद्धार

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २८ गते २२:११

शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रसारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले प्रशासनलाई भनेर विद्युत लाइन बन्द गराउन लगाएका थिए।

पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली ककनी उडेको थियो।

नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

तपाइँको प्रतिक्रिया