फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर शाहबीच छलफल
फ्ल्यासन्युज नेपाल२०७९ जेठ २६ गते २१:०९
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्री देउवाले मेयर शाहलाई बालुवाटार बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।
भेटमा काठमाडौँको फोहोर व्यवस्थापनका लागि सरकारको साथ रहने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए ।