काठमाडौँको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु
फ्ल्यासन्युज नेपाल२०७९ जेठ २४ गते १७:३४
स्थानीयको विरोधबीच प्रहरीको सुरक्षामा काठमाडौँको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ ।
फोहोर फाल्नु अघि टिपरहरुमा गन्ध नआउने केमिकल पनि छर्किएको छ ।
फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । करिब दुई घण्टा स्थानीय र प्रहरीबीच झडप भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको छ ।
सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।