शनिबार, माघ २१, २०७९

अनिवार्य इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७९ जेठ २४ गते १६:४६

सरकारले सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट नराखे कारवाही गर्ने चेतावनीविरुद्ध युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

संघले सरकारले इम्बोस्ड नम्बरको अस्वभाविक मूल्य र सरकारको रवैयाविरुद्ध प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनमा कालो ब्यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडि पुगेका छन् ।

यातायात व्यवस्था विभागले भने मंगलबार सूचना जारी गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ ।

तर शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मशान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो ।

तपाइँको प्रतिक्रिया