असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा हट्यो !
फ्ल्यासन्युज नेपाल२०७९ जेठ २३ गते २१:३३
सरकारले सातामा दुई दिन विदा दिने निर्णय फिर्ता गरेको छ ।
जेठ १ गतेदेखि लागु शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय फिर्ता गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । अब यससँगै हप्तामा एक दिन शनिबार मात्रै विदा कायम हुने भएको छ ।
वैशाख २६ गते बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो ।